मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ओखलढुंगामा चोरीका मोटरसाइकल सहित तिन जना पक्राउ
समाचार

ओखलढुंगामा चोरीका मोटरसाइकल सहित तिन जना पक्राउ

माघ २५, प्रविन मुदेल,                                        ओखलढुंगा । ओखलढुंगामा चोरीका मोटरसाइकलसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार पक्राउ पर्नेमा जिल्लाको लिखु गाउँपालिका ९ पोकलीका पञ्चमान तामाङ, सोही ठाउँ निवासी कुल बहादुर तामाङ र जिल्लाको खिजिदम्बा गाँउपालिका २ का गोविन्द गौतम रहेका छन् ।
उनीहरुका साथबाट चोरीका २ वटा पल्सर मोटरसाइल बरामद गरिएको प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिनुभयो ।
जिल्लाको प्रहरी चौकी रगनीबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेक जाँच गर्ने क्रममा पञ्चमान तामाङले चलाएको प्रदेश नं.३–०२–०१० प ७१४१ नं.को २२० सिसिको पल्सर र गोविन्द गौतमले चलाएको बागमती प्रदेश ०२–०२० प ८८२७ नं. लेखिएको २२० सिसिको पल्सर अवैध रुपमा चलाएको पाइए पछि नियन्त्रणमा लिएको थियो ।
अनुसन्धान गर्नें क्रममा उक्त नम्बरका मोटरसाइकलहरु भक्तपुरबाट हराएको र ति दुवै मोटरसाइकल कुल बहादुर तामाङले बिक्री गरेको खुलेकोले उनिहरु तिनै जनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक कट्टेलले बताउनुभयो । पक्राउ परेका उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय भक्तपुरमा उजुरी परेकोले थप अनुसन्धानको लागि उनिहरुलाई हिजो नै भक्तपुर पठाइएको प्रहरी निरिक्षक कट्टेलले जानकारी दिनुभयो ।
पछिल्लो समय जिल्लामा चोरीका मोटरसाइकलहरु धेरै भेटिन थालेको चेकजाँचमा थप कडाई गर्न थालिएको जिल्ल प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु