मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • वडा सदस्यको घरमा झुन्डिएको अवस्थामा एक युवती मृत फेला
दुर्घटना/अपराध

वडा सदस्यको घरमा झुन्डिएको अवस्थामा एक युवती मृत फेला

माघ २५,

कैलाली । कैलालीमा गौरीगंगा नगरपालिका-३ का वडा सदस्यको घरमा एक युवती झुन्डिएको अवस्थामा भेटिएकी छन् । वडा सदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी आइतबार बिहान मृत फेला परेकी हुन् ।

कोठामा चुकुल लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले युवती वडा सदस्यको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए।

प्रहरीका अनुसार नयाँ बनेको घरमा निरज र एक जना कामदारमात्रै बस्ने गर्थे।

निरज र अञ्जिता लामो समयदेखि प्रेम सम्बन्धमा रहेको कुरा मृतकको पारिवारिक स्रोतले जनाएको छ। शनिबार निरजले अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जिता र उनको परिवार उनको घरमा पुगेका थिए।

निरजले दुबैलाई श्रीमतीको रूपमा राख्ने भनेपछि अञ्जितालाई निरजसँगै छोडेर उनको परिवार फर्किएको थियो।

निरज राति नै भगाएर ल्याएकी महिलासँग भागेपछि अञ्जिताले माइतीलाई फोन गरी खबर गरेकी थिइन्। त्यसपछि बिहान उनको शव फेला परेको हो।

वडा सदस्य निरज अहिले फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अहिले प्रहरीले घटनासम्बन्धी अनुसन्धान गरिरहेको डिएसपी बिष्टले बताए।

फेसबुक प्रतिक्रियाहरु