सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बन्द प्रभाव : कहाँ के हुँदै छ ?
समाचार

बन्द प्रभाव : कहाँ के हुँदै छ ?

२२ माघ,

काठमाडौं | नेकपा प्रचण्ड-माधव समूहले आह्वान गरेको आम हडतालको प्रभाव देशव्यापी रुपमा देखिन थालेको छ । सधैँ जस्तो व्यस्त रहने काठमाडौं उपत्यका समेत आज बिहान सुनसान देखिएको थियो ।

आन्दोलनकारीले  बिहानै देखि विभिन्न स्थानमा केहि सवारीसाधन माथी आगजनी गरेका छन् । आन्दोलनकारीले सडकपेटीका व्यापारीहरुमाथी समेत अनावश्यक बल प्रयोग गरेका तस्वीरहरु भाईरल भैरहेकाछन् ।

साथै सामाजिक संजालमा बन्दको विरोधमा चर्को आवाजहरु सुनिन थालेका छन् ।

गोंगबुमा ट्याक्सीमा आगजनी, बन्द गर्ने ५६ जनालाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी भएको छ। आज आमहड्ताल आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेका हुन्।

बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको हो।

पाटनमा अनेरास्ववियू र प्रहरीबीच केहीबेर तनाव

बिहीबारको आमहड्तालको बिहानै प्रचण्ड-नेपाल निकट अनेरास्ववियूले ललितपुरको पाटनस्थित पाटन संयुक्त क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरेका थिए।

बिहानै बालिएको टायर प्रहरीले निभाएपनि प्रहरी र विद्यार्थीबीच केहीबेर टायर तानतान भएको थियो।

अष्टलक्ष्मी शाक्यसहितका नेता प्रहरी नियन्त्रणमा

काठमाडौं उपत्यकामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेता अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको हो ।

कलंकीबाट नेता शाक्य पक्राउ परेकी हुन् । उनलाई त्यस क्षेत्रको कमाण्ड सम्हाल्ने जिम्मा पनि दिइएको थियो ।

 

साथै दाङ, बुटवल, बिराटनगर लगाएत देशका मुख्य शहरहरु समेत सुनसान छन् ।

बिहानै देखि प्रचण्ड-माधव समुहका नेता-कार्यकर्ता सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु