बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • रामेछापमा बन्दको प्रभाव : बिहानै देखि विद्यालय, बजारहरु ठप्प, सवारी साधान छोटो दूरीका चल्दै (भिडियो)
रामेछाप बिशेष

रामेछापमा बन्दको प्रभाव : बिहानै देखि विद्यालय, बजारहरु ठप्प, सवारी साधान छोटो दूरीका चल्दै (भिडियो)

माघ २२,

रामेछाप । रामेछापमा पनि बन्दको प्रभाव परेको छ । बिहानैदेखि यो समाचार तयार पार्दासम्म अस्पताल बाहेक कुनै पनि पसलहरु खुलेका छैनन् ।

सदरमुकाम मन्थलीका अधिकांश पसलहरु बिहानैदेखि ठप्प छन् । काठमाडौंबाट आएको एक सवारीलाई स्कटिङ्मार्फत दोलखा पठाएको जिल्ला प्रहरी प्रमुख नवराज ढुङ्गानाले बताए । उनका अनुसार बुधबार (हिजो) को तुलनामा बिहिबार (आज) सवारी नचलेका हुन् ।

जिल्लामा हालसम्ममा कुनै पनि अप्रिय घटना घटेको छैन् । विद्यालयहरु जिल्लामा सबै बन्द छन् ।

नेकपाको प्रचण्ड समुहले आजदेश ब्यापी बन्दको घोषणा गरेको छ । जसको प्रभाद देशका सातै प्रदेशमा परेको छ । यो समाचार तयार पार्दसम्ममा देशका विभिन्न ठाउमा गरि ९७ जना पक्राउ परिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु