बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • रामेछापमा आमहड्तालको प्रभाव : नेकपा भन्छ बन्द छ, अत्यावश्यक बाहेक केही चन्दैन, प्रहरी भन्छ,गन्तव्य तिर सबै यातायात पठाइरहेका छौं
रामेछाप बिशेष

रामेछापमा आमहड्तालको प्रभाव : नेकपा भन्छ बन्द छ, अत्यावश्यक बाहेक केही चन्दैन, प्रहरी भन्छ,गन्तव्य तिर सबै यातायात पठाइरहेका छौं

सरकारले बन्दको अबज्ञा गर्न आह्वन

माघ २२,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले आजको लागि आह्वन गरेको आमहड्ताल सफल हुने सो समुहका जिल्ला सचिव शान्ति प्रसाद पौडेलले दाबी गरेका छन् । जिल्लामा अत्यावश्यक कुनै पनि काम, व्यापार, विद्यालय, लगाएत बन्द गर्नु नपर्ने उनको भनाई छ ।

आज बिहान जुनेली न्युजसंग कुरा गर्दै उनले भने-आजको आमहड्ताल सफल हुनेछ यो संविधानको रक्षाको लागि गरिएको हो, चलिरहेका परीक्षा, अतिआवश्यक पसलहरु, बन्द नगर्नको लागि हिजै (बुधबार) देखिनै हामीले भनिरहेका छौं । उनका अनुसार अती आवाश्यक सवारी साधानहरु एम्बुलेन्स, दुधजन्य पदार्थ ओसार पसार गर्न सवारीहरु नसोकिने उनको भनाई छ ।

नेकपाले आजदेश ब्यापी आमहड्ताल घोषण गरेको छ । सो समहले हिजो साँझ मन्थलीमा राँके जुलुस निकालेको थियो ।

यता जिल्ला प्रहरी कार्यालय रामेछापले भने कुनै बन्द नभएको भन्दै सवारी साधानहरु आफ्नो गन्तव्य तर्फ बिहानैदेखि पठाउने काम भैरहेको प्रहरी प्रमुख नवराज ढुङ्गानाले जुनेली न्युजसंग बताए । उनले भने हामीले बिहानैदेखि गाडीहरु स्कटिङ् गरेर पठाउने काम भैरहेको छ, आज बन्द छैन, सवारीसाधन चल्छ भने ।

गृह मन्त्रालयले पनि बुधबार साँझ बिहिबार आज कुनै बन्द नभएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्ति हेर्नुहोस्

May be an image of text

फेसबुक प्रतिक्रियाहरु