शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाली काँग्रेस पार्टीको झण्डा सगरमाथाको शिखरमा
समाचार

नेपाली काँग्रेस पार्टीको झण्डा सगरमाथाको शिखरमा

सोलुखुम्बु , माघ २२

सोलुखुम्बु जिल्ला पासंगलामु गाउपालिका वडा नं  ३ निवासी फुर्बा ग्याल्जेन शेर्पाले नेपाली काँग्रेस पार्टीको झण्डा सगरमाथाको शिखरमा पुर्याएका छन् |  उनले २०७४ जेष्ठ १२ गते काँग्रेस को झण्डा सगरमाथामा पुर्याएका हुन् | काँग्रेस पार्टीको ४ तारे झण्डा, चुनाब चिन्न रुख र नेपालको झण्डा आफैले बनाएर लागेका थिए |

उनको भनाइ : मेरो गाउमा धनीमानीले गरिबलाई  हेप्नी कार्यहरु भै रहन्थ्यो | अन्य पार्टीको मानिसहरुले मलाइ धेरैले झण्डा नलैजा भनेका थिए| तर मैले कसैको कुरा नसुनी काँग्रेस बाट आफुलाई चिनाउने भनेर झण्डा लागेको हुँ | मैले बेस क्याम्पमा झण्डा आफैले कोरेको हुँ | अलि अलि सुरेश भन्नि साथीले पनि सहयोग गरेको थियो | तेही शिलशिलामा मेरा १४ \ १५ साथीहरुलाई  बेस क्याम्पमा  मैले सबैलाई काँग्रेस नै बनाए |

झण्डा शिखरमा पुर्याएर फर्की सके पछी, मेरो गाउमा धेरै एमाले र माओवादीका मानिसहरुले मलाइ धम्कि दिने कामहरु भएको थियो | काँग्रेसले सम्मान गर्नलाई लुक्ला बोलाएको थियो सम्मान थापेर आएपछि गाउमा के पायो के दिए भनेर मलाइ जिस्क्याए |

बेस क्याम्पमा मलाइ एमालेको झण्डा सुर्य लैजा नक्सा बनाउन पनि सजिलो हुन्छ भनेर धेरैले भनेका थिए तर मैले मानिन | त्यो बेला मलाइ राम्रो लागेको थियो तर अहिले नेपालको राजनीति देखेर धेरै दुख लाग्छ | झण्डा शिखरमा पुर्यायाए तर हाम्रो नेताहरुले सधै तल पर्ने काम मात्र गर्छन उनले जुनेली न्युजलाई बताए |

 

फेसबुक प्रतिक्रियाहरु