आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • नेपाल टेलिकमले मनायो १७ औँ वार्षिकोत्सव
आर्थिक

नेपाल टेलिकमले मनायो १७ औँ वार्षिकोत्सव

माघ २२,
काठमाण्डौ । नेपाल टेलिकमले बिहीवार (आज) १७ औँ वार्षिकोत्सव मनाएको छ । मुख्य कार्यालय भद्रकालीमा विशेष कार्यक्रम गरेर टेलिकमले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशैभरि फोर जी विस्तारको काम छिटो सक्न र फाइभ जीको तयारी गर्न निर्देशन दिए । सेवालाई चुस्त र भरपर्दो बनाउन पनि मन्त्री गुरुङले सुझाव दिए ।

२०६० सालमा कम्पनीमा रुपान्तरण भएको टेलिकमका अहिले दुई करोड नौ लाख ग्राहक रहेका छन् । ७७ वटै जिल्लाका ६ सय २० वटा पालिकामा फोर जी सेवा पुर्याएको  टेलिकमले गएको आर्थिक वर्षमा नौ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ ।

भ्वाइस सेवातर्फ ५३ दशमलव ६५ प्रतिशत बजार हिस्सा रहेको टेलिकमले गएको मङ्सिरसम्म एक करोड ६४ लाख इन्टरनेट प्रयोगकर्ता रहेको दाबी गरेको छ । देशको ७० प्रतिशत जनसङ्ख्यामा आफ्नो कुनै न कुनै सेवा पुगेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

drive.google.com/file/d/1Xzl6DU66fZgxFdZHv1i6hew0ADpZFCqd/view

फेसबुक प्रतिक्रियाहरु