शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अष्ठलक्ष्मी शाक्य सहित अन्य आल्न्दोलानाकारी नेता-कार्यकर्ता कलंकीबाट पक्राउ
समाचार

अष्ठलक्ष्मी शाक्य सहित अन्य आल्न्दोलानाकारी नेता-कार्यकर्ता कलंकीबाट पक्राउ

२२ माघ,

काठमाडौं । आज प्रचण्ड-माधव समूहले घोषणा गरेको आम हड्ताल सफल पार्न सडकमा उत्रिएका नेता-कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ।

काठमाडौं उपत्यकामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेता अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको हो ।

कलंकीबाट नेता शाक्य पक्राउ परेकी हुन् । उनलाई त्यस क्षेत्रको कमाण्ड सम्हाल्ने जिम्मा पनि दिइएको थियो ।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु