जुनेली न्युज,१० बैशाख काठमाडौँ |
नेपालमा आज थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ |
शनिबार १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ |
पछिल्लो २४ घण्टामा ४ हजार ९४७ जनाको परीक्षण गरिएको थियो |
३ हजार ६९१ जनाको पिसिआर र १ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएमध्ये पिसिआर विधिबाट १८ जनामा संक्रमण पुष्टि भएको हो |
यस्तै १७ जना संक्रमित डिस्चार्ज भइसकेका छन् |
अझै पनि देशभर २८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ |
फेसबुक प्रतिक्रियाहरु