शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • दिपक रिसालको नाम १ नं मा सिफारिस भएपछी गोकर्नेश्वोर नगरपालिकामा हलचल
गोकर्नेश्वोर बिशेष

दिपक रिसालको नाम १ नं मा सिफारिस भएपछी गोकर्नेश्वोर नगरपालिकामा हलचल

जुनेली न्युज,१० बैशाख काठमाडौँ |

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर उम्मेदवारमा दीपक रिसालको नाम एक नम्बरमा परे पछी हलचल मच्चिएको छ |

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सचिव समेत रहेका  रिसाललाई नगर कमिटीले पहिलो नम्बरमा र नगर समितिका सभापति लामालाई दोस्रो नम्बरमा राखेर मेयरको उम्मेदवार लागि  सिफारिस गरेको हो |

यसैगरी शान्ति  नेपाल, गीता सिंखडा र लेख कुमारी पुडासैनी गरी तीन जना उपमेयर उम्मेदवारमा नगर कमिटीले सिफारिस गरेको छ |

क्षेत्रीय समितिले उम्मेदवारबारे मागेको सुझावमा नगर कमिटीले रिसालको सामाजिक प्रभाव बढी भएको  तथा एक कुसल नेतृत्वकर्ता भन्दै मेयर उम्मेदवार बन्न योग्य भनेर सिफारिस गरेको छ ।
रिसाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ को सचिव हुन्  । उनी कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि पनि हुन् र उनि नगरपालिकाका प्रमुख सल्लाहकार पनिं हुन् |

अघिल्लो  स्थानीय तह निर्वाचनमा  नेपाली कांग्रेसबाट विजयी हालका मेयर एवम् कांग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसेलाई सघाएका रिसालले यस पटक भने  आफू उम्मेदवार बन्ने आकांक्षा राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु