मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल तथा दौड प्रतियोगिता को सुरुवात
रामेछाप बिशेष

बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल तथा दौड प्रतियोगिता को सुरुवात

जुनेली न्युज, २९ चैत रामेछाप।
रामेछपको उमाकुण्ड २ बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल तथा दौड प्रतियोगिता को सुरुवात भएको छ ।

उमाकुण्ड गाउपालिका २ काे आर्थिक सहयाेगमा सिर्जनशील स्टार युवा क्लवले खुल्ला पुरुष फुटबल तथा दौड प्रतियोगिता आयोजना गरेको हो।
आज भएकाे उद्घाटन समाराेह मा सभापति क्लब का अध्यक्ष रहेका थियाे भने प्रमुख अतिथि मा उमाकुण्ड २ का अध्यक्ष खम्बध्वज बस्तेत रहेका थिए ।
प्रतियोगितामा फुटबलमा 10 टिम काे सहभागिता रहेकाे छ। उद्घाटन खेल भुजि युवा क्लब र आयोजक विच भएकाे थियाे ।
उक्त खेलमा भुजी युवा क्लबले 2:0 सिर्जनशील स्टार क्लवलाई हराएको थियो।
२०७९/१/३ गते सम्म चल्ने खेलको प्रमुख रेफ्री एन्फा रेफ्री वाई.वि सुनुवार को साथ मा अन्य ३ जना सहायक रेफ्री रहेका छन्।
कार्यक्रम लाई आकर्षक बनाउन विचबिचमा स्वागत नृत्य पनि भएकाे थियाे ।
उक्त कार्यक्रम को
ईन्टरनेट पाटनर काे रूपमा एराेनेट प्रालि
मिडिया पाटनर रेडियाे किरण,जुनेली न्यूज, रामेछाप टाईम्स, नुम्बुर खबर ,फाेर आइज खबर लगायत ले प्रसारण गरेका छन् ।
भने साउण्ड सिस्टम मा दुर्गा साउण्ड बाम्ति ,
मेडिकल पार्टनर  मा डेनि हेल्थ कियर एण्ड फार्मेसि ले सहयाेग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु