शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • पहिले केशरजंग अहिले माधव–प्रचण्ड प्रतिगामी : ओली
समाचार

पहिले केशरजंग अहिले माधव–प्रचण्ड प्रतिगामी : ओली

जुनेली न्युज,१३ बैशाख काठमाडौँ |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही स्वार्थी र दुष्टहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको आरोप लगाएका छन् |

मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा  बोल्दै अध्यक्ष ओलीले झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरुले फुटाएर ध्वस्त पार्ने प्रयास गरेको बताएका छन |

“मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीलाई हामीले झण्डै दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौ तर केही दुष्ट र स्वार्थीहरूले ध्वस्त बनाउने प्रयास गरे”, अध्यक्ष ओलीले भने,  “तात्कालिक रूपमा उनीहरूले पार्टीलाई क्षति पुर्‍याए |” अध्यक्ष ओलीले विगतमा पुष्पलाल र मनमोहनलाई पनि यस्तै षड्यन्त्रपूर्ण ढङ्गले हटाइएको प्रसङ्ग निकाल्दै रायमाझी पथमा माधव प्रचण्ड लागेको बताए ।

“अहिले हेर्‍यो भने त्यही ०१७ सालको इतिहास दोहोर्‍याउन खोजेको देखिन्छ ।| अलिकति परिस्थिति फरक छ, त्यसको स्वरूप फरक छ”, उनले भने, “प्रतिगमन गर्दा खेरी दक्षिणपन्थी र वामपन्थी मिलेकै छन् | उनले त्यसवेलाको प्रतिगमनमा केशरजंग रायमाझी प्रतिगमनमा सहभागी रहेको र अहिले माधव प्रचण्ड रहेको दाबी गरे” |

“त्यतिवेला केशरजंग रायमाझी सहभागी थिए, प्रतिगमनमा अहिले सहभागी प्रचण्ड माधव छन् | फरक के थियो भने त्यसबेला कम्युनिस्ट पार्टी कमजोर थियो”, उनको भनाइ छ | कार्यक्रममा ओलीले अधिकारी नेपालका कम्युनिस्टमध्ये सबैभन्दा पुरानो कम्युनिस्ट सदस्य भएको समेत बताए | मनमोहन अधिकारीलाई संस्थापक भनेका छैनौ तर उहाँ संस्थापक नै हो |

फेसबुक प्रतिक्रियाहरु