शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिने आज
समाचार

उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिने आज

जुनेली न्युज,१३ वैशाख काठमाडौं |

वैशाख ३० को स्थानीय तहको चुनावी कार्यतालिका अनुसार आज मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको छ |

आइतबार र सोमबार गरि  ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएको छ | निर्वाचन कार्यतालिका अनुसार सोमबार नै उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गर्नुपर्ने थियो  तर, राति अबेरसम्म मनोनयन दर्ता गर्नुपरेका कारण आयोगले उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित भने गरेको छैन् ।

निर्वाचन आयोगका अनुसार कुनै पनि उम्मेदवार अयोग्य भएको लागेमा जो कोही मतदाताले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिन सक्नेछन् |

बुधबार र बिहीबार दाबी-विरोध उपर जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको  छ | आयोगका अनुसार १७ गते शनिबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ |

फेसबुक प्रतिक्रियाहरु