बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • टिपरको ठक्करले स्कुटर चालकको मृत्यु
दुर्घटना/अपराध

टिपरको ठक्करले स्कुटर चालकको मृत्यु

जुनेली न्युज, १३ बैशाख भक्तपुर |

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्युभएको छ | भने पछाडि सवार गम्भीर घाइते भएका छन्।

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बा प्र०२–०२३प ७७६९ नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक-६ घर भई हाल चाँगुनारायण-३ झौखेल ठकुरीगाउँ बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए |

स्कुटर पछाडि सवार म्याग्दी बेनी-४ घर भई हाल चाँगुनारायण -३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठको मध्यपुर अस्पतालमा उपचार भइरहेको पाण्डेले बताए | दुर्घटनामा संलग्न सवारीसाधन र टिपर चालक रामेछाप दोरम्बा-४ घर भई हाल मध्यपुरथिमि-७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुलबहादुर सापकोटालाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेर अनुसन्धान सुरू गरेको उनले बताए |

 

फेसबुक प्रतिक्रियाहरु