शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने
समाचार

अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने

 

जुनेली न्युज २३ चैत  काठमाडौँ,

अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् |

उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौँको मेयरमा केसीलाई उठाउने भएको हो | मंगलबार बसेको केन्द्रय कार्यसमिति को बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपलले जानकारी दिए |

एमाले निकट रहेका केसी पछिल्लो समय राप्रपा प्रवेश गर्ने हल्ला पनि चलेको थियो | उनलाई पार्टीको परराष्ट्र विभाग विभागीय अध्क्षयको जिम्मेवारी पनि तोकिएको छ |

त्यस्तै उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको उमपेयरमा रेश्मा लामालाई उठाउने निर्णय गरेको छ । थापाथलीको  सुकुम्बासी बस्तीमा हुर्केकि  लामा स्नातक उत्तीर्ण र वैदेशिक रोजगारीबाट फर्किएको अध्यक्ष नेपालले जनाएका छन् |

बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनको लागि यतिबेला उम्मेदारी घोषणा गर्ने क्रम निकै बढेको छ |  यसअघि र्‍यापर बालेन शाहले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् |

फेसबुक प्रतिक्रियाहरु