शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शान्ति मिसनमा रहेका नेपाली सैनिकको मृत्यु
Breaking News

शान्ति मिसनमा रहेका नेपाली सैनिकको मृत्यु

जुनेली न्युज,२३ चैत काठमाडौँ

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा अफ्रिकी मुलुक कंगोमा खटिएका एक नेपाली सैनिकको  मृत्यु भएको छ | नेपालका ‘श्री नेप क्यूआरएफ कम्पनी’ पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकको अपरेसन ‘बाली’को दौरानमा मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा कर्डन एन्ड सर्चको कारबाही सञ्चालन गर्दा घाइते भएका सुर्खेतका अनिल गुरुङको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जनाएका छन् |

नेपाली सेनका अनुसार नेपाली शान्ति सैनिक टोलीले विद्रोहीको ‘अब्जेक्टिभ’ कब्जा गरी जमिन होल्ड गरेपछि अज्ञात स्थानबाट अचानक गरेको फायरबाट गुरुङ घाइते भएका थिए |

आक्रमणमा परी घाइते भएका गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको राष्ट्र संघले जनाएको छ |

फेसबुक प्रतिक्रियाहरु