बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ
दुर्घटना/अपराध

सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

०४ फागुन,

काठमाडौं | बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन्।

बस्नेतलाई प्रहरीले मंगलबार साँझ काठमाडौंको गोंगबुबाट पक्राउ गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए ।

‘उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,’ सिंहले भने, ‘उनीलाई हामीले परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।’

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा उनीविरुद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। सोही क्रममा उनीहरूबीच तिक्तता आएपछी गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्।

फेसबुक प्रतिक्रियाहरु