शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रक्तदान कार्यक्रममा सहभागी हुन लियो क्लबको अपिल
समाचार

रक्तदान कार्यक्रममा सहभागी हुन लियो क्लबको अपिल

०४ फागुन,

काठमाडौं । लियो क्लब अफ काठमाडौं स्टारले एक बिज्ञप्ती जारी गर्दै आफुले गर्न लागेको रक्तदान कार्यक्रममा सहभागी भएर सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ।

उक्त क्लबले लायन्स क्लब अफ काठमाडौं स्टारको सहयोगमा ललितपुरको मङ्गलबजारमा फागुन ८ गते कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म चल्ने क्लबका अध्यक्ष बिकास सुवेदीले जुनेली न्युजलाई जानकारी दिए । उनले भने , ‘ हामीले फागुन ८ गते बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म पाटन कृष्ण मन्दिर अगाडी रक्तदान कार्यक्रम गर्नेछौं ‘ ।

उनले थप भने , ‘ तोकिएको समयमा उपस्थित भइ रक्तदान गरेर सक्दो सहयोग गरिदिनुहुन यसै न्युज मार्फत पनि सम्पुर्ण जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं ‘ ।

यस क्लबले विगतमा पनि यस्ता थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु