बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • डिजल,पेट्रोल र मट्टीतेलको मूल्य फेरि बढ्यो
समाचार

डिजल,पेट्रोल र मट्टीतेलको मूल्य फेरि बढ्यो

फागुन ०५,

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य बढाएको छ । मङ्गलबार राति विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजल/मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ बढेको जनाएको छ ।

निगमका अनुसार अब पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य क्रमशः ११४, ९७ र ६७ रुपैयाँ भएको छ ।

एक हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा एलपी ग्यासको मूल्यमा प्रति लिटर प्रति सिलिण्डर क्रमशः दुई र २५ रुपैयाँ बढाएको थियो । निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु