शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीको बहस हुँदै
समाचार

संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीको बहस हुँदै

फागुन ४,

काठमाडौं । संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीको बहस सुरु हुँदैछ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथिको जवाफी बहस सकिएसँगै आजदेखि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीको बहस सुरु हुन लागेको हो ।

एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिश कृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् । उनीहरुले प्रतिनिधिसभा विघटनको विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यकासाथ स्वतन्त्र विचार दिने छन् ।

हिजो रिट निवेदकबाट जवाफी बहस सकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

गएको माघ ४ गतेदेखि संवैधानिक इजलासमा केन्द्रीत बहस सुरु भएको हो।

फेसबुक प्रतिक्रियाहरु