आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • भोलीदेखि काठमडौं महानगरपालिकाले ३२ वटै वडामा नि:शुल्क मिर्गौला परीक्षण गर्ने
समाचार

भोलीदेखि काठमडौं महानगरपालिकाले ३२ वटै वडामा नि:शुल्क मिर्गौला परीक्षण गर्ने

फागुन ४,
काठमाण्डौ । महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको छ । मिर्गौला परीक्षणका लागि भोलि ५ गतेदेखि ६ महिनासम्म अभियान चल्ने छ ।

‘स्वस्थ मिर्गौला, स्वस्थ काठमाण्डौ’ कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ ।

विभागले सार्वजनिक सूचना निकालेर वडामा रहेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गएर नि:शुल्क परीक्षण गराउन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु