बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • भागरथी हत्या प्रकरण : हत्यार भट्टकै सहपाठी संलग्न भएको पुष्टि, आज सार्वजनिक गरिँदै
दुर्घटना/अपराध

भागरथी हत्या प्रकरण : हत्यार भट्टकै सहपाठी संलग्न भएको पुष्टि, आज सार्वजनिक गरिँदै

फागुण ०५,

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणमा उनकै सहपाठीको संलग्नता रहेको प्रहरी पुष्टि भएको छ। ​

भागरथीसँगै स्थानीय सनातम धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत युवकले वलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए।

पत्रकार सम्मेलनमार्फत उनलाई आज सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ। उनले प्रहरी समक्ष भीरबाट लडाएर घाइते बनाएपछि बलात्कार गरेर ज्यान लिएको बयान दिएको सिंहले बताए।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो।

वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन्। त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो।

फेसबुक प्रतिक्रियाहरु