बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • घुस लिएको आरोपमा नासुसहित दुई पक्राउ
दुर्घटना/अपराध

घुस लिएको आरोपमा नासुसहित दुई पक्राउ

३ फागुन, काठमाडौं । काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित दुई जना घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललाई पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार दाहालले सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएर नासु चन्दलाई दिइसकेको अवस्थामा आयोगको टोलीले विभाग परिसरबाट दुवै जनालाई आइतबार नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको छ ।

फेसबुक प्रतिक्रियाहरु