शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मन्थलीमा कांग्रेसको बिरोध प्रर्दशन : ५१ जना नेकपा त्याग्दै कांग्रेस प्रवेश (फोटोफिचर)
रामेछाप बिशेष

मन्थलीमा कांग्रेसको बिरोध प्रर्दशन : ५१ जना नेकपा त्याग्दै कांग्रेस प्रवेश (फोटोफिचर)

फागुन ०३,

रामेछाप । नेपाली कांग्रेस रामेछापले आज गरेको प्रर्दशन कार्यक्रममा रामेछापमा ५१ जना पार्टी प्रवेश गरेका छन् । संसद् बिघटनको बिरोधमा देशब्यापी गरेको प्रर्दशन कार्यक्रममा मन्थलीमा रामेछाप नगरपालिका वडा नं ८ सल्लेका नेपाल कम्युनिट् पार्टी (नेकपा) कै नेता बिजय तामाङको नेतृत्वमा ५१ नेकपासहित विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

बिरोध सभालाई सम्बोधन गर्न केन्द्रीय सदस्य शिव हुमगाई जिल्ला आएका थिए । बीपी चोकबाट सुरु भएको बिरोध कार्यक्रम कटहरकोबोट पुगी देवकोटा चोकमा आइ समापन भएको थियो । नव प्रवेशीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य हुमगाई सहित पार्टी सभापति लवश्री न्यौपानेलगाएत कांग्रेका कार्यक्रताले स्वागत गरेका छन् । प्रर्दशन कार्यक्रममा जिल्लाका ६४ वटै वडाका कांग्रेसका कार्यकर्ताको उपस्थिति रहेको थियो । कांग्रेसले आज देशैभरि प्रर्दशन गरेको हो ।

फोटो हेर्नुहोस्

May be an image of 7 people, people standing and outdoors

फेसबुक प्रतिक्रियाहरु