मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देशभरको मौसममा आंशिकदेखि सामान्य बदली
समाचार

देशभरको मौसममा आंशिकदेखि सामान्य बदली

माघ २४,

काठमाडौं । आज पनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भूभागमा हल्का वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ ।

आज राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो पनि केही स्त्थानमा पानी पर्ने संभावना रहेको महाशाखाको अनुमान छ ।

फेसबुक प्रतिक्रियाहरु