मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • पहिलो चरणको कोरोना भाइरस संक्रमण बिरुद्धको खोप अभियान आज सकिदै
समाचार

पहिलो चरणको कोरोना भाइरस संक्रमण बिरुद्धको खोप अभियान आज सकिदै

माघ २४,

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण बिरुद्धको पहिलो चरणको खोप  अभियान आज (शनिबार) सम्म गर्ने बताएको छ । पहिलाे चरणकाे खाेप अभियान शनिवार सकिने मन्त्रालयले जनाएकाे हो ।

हिजो (शुक्रबार) सम्ममा नेपालमा १ लाख ७१ हजारभन्दा धेरै नागरिकले खोप लगाएका छन् ।  शुक्रवार बेलुकीसम्म ७७ जिल्लाका २ सय एक खोप केन्द्रबाट १ लाख ७२ हजार ४ सय ८६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्रदेश नम्बर १ मा २३ हजार ८२, प्रदेश नम्बर २ मा २२ हजार सात सय ५६, वाग्मतीमा ५९ हजार नाै सय ४२ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै गण्डकी प्रदेशमा १७ हजार तीन सय १५, लुम्बिनीमा २६ हजार आठ सय ९८, कर्णालीमा आठ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार आठ सय नाै जनाले खोप लगाएका छन् ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको काेभिशिल्ड खोप यही माघ १४ गतेदेखि अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । दाेस्राे चरणसम्बन्धी जानकारी चाँडै उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता गाैतमले बताए ।

फेसबुक प्रतिक्रियाहरु