मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • सिन्धुलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना : २३ जना घाइते, ५ गम्भीर
दुर्घटना/अपराध

सिन्धुलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना : २३ जना घाइते, ५ गम्भीर

माघ २३,

सिन्धुली । मदन भण्डारी राजमार्गअन्तर्गत हरिपुरगढी गाउपालिका–५ सिम्राख डाँडामा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ५ जनालाई मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनको पहलमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टर पठाइएको मरिण गाउँपालिका–२ का वडाअध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिए ।

मरिण गाउँपालिका–२ पाङ्ग्रेबाट हरिहरपुरगढी गाउँपालिकामा बेहुली लिन गएको ट्याक्टर दुर्घटना भएको हो ।

बेहुला अर्को ट्याक्टरमा रहेकाले उनी सकुशल छन् । ट्याक्टर दुर्घटना के कारणले भएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु