शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • चेल्सीसँग टोटनह्याम पराजित
समाचार

चेल्सीसँग टोटनह्याम पराजित

 माघ २३,

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जिताउन खेलको २४ औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । जितपछि चेल्सी अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

पराजित टोटनह्याम आठौं स्थानमा धकेलिएको छ । चेल्सीले २२ खेलबाट ३६ अंक जोडेको छ भने टाेटनह्यामको २१ खेलमा ३३ अंक छ ।

 

फेसबुक प्रतिक्रियाहरु