मंसिर १८, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं २ वडा कार्यालय नजिक, नयाँपार्टीमा डेरा गरी बस्दै आएका एक परिवारका २ जना मृत अवस्थामा र एक बेहोस् अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा आमा २७ वर्षीय पेम्बी शर्पा र १ महिनाकी छोरी हुन् । भने ३० वर्षीय दोर्जे शर्पा बेहोस् अवस्थामा फेला परेका छन । […]