शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गाउँपालिका प्रमुख गोविन्द खड्का पुर्पक्षका लागि जेल चलान
दुर्घटना/अपराध

गाउँपालिका प्रमुख गोविन्द खड्का पुर्पक्षका लागि जेल चलान

असोज ९,
रामेछाप । रामेछापरकाे लिखुतामाकाेशी गाउँपालिकाका प्रमुख गाेविन्द खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । तीन वटा मुद्दामा पक्राउ परेका गाउँपालिका प्रमुख खडकामाथि शुक्रबार अदालतमा थुनछेक बहस सकिएको हाे ।
एक महिना अघि पक्राउ परेका खडकाको पक्ष र विपक्षमा आज ९ जना वकिलहरुले थुनछेक बहसमा भाग लिएका थिए । खड्कामाथि शरीर बन्द, ठगी र बलात्कार गरी तीन वटा मुद्दा प्रहरीमा दर्ता भएको थियो ।
पक्राउ परेको २५ दिनपछि अनुसन्धान सकेर भदौ २३ गते प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालत पेश गरेको थियो । अदालतमा दुवै पक्षको बयान सकिएसँगै उनलाई पुर्पक्षका लागि थुनामा राखिने भएकाे जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी प्रमुख वसन्त पाठकले जानकारी दिए । उनका अनुसार खड्कालाई आजै रामेछाप डाँडास्थित कारागारमा लगिने छ। file Photo

फेसबुक प्रतिक्रियाहरु