शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रामेछाप जिल्लामा कोरोनाको प्रभाव र न्युनिकरण सम्बन्धमा स्थानीय तहको ध्यानाकर्षण
रामेछाप बिशेष

रामेछाप जिल्लामा कोरोनाको प्रभाव र न्युनिकरण सम्बन्धमा स्थानीय तहको ध्यानाकर्षण

असोज ०९,

रामेछाप । रामेछाप जिल्लामा कोरोना भाइरस संक्रमणले पारेको प्रभाव र त्यसको असरको बारेका नागरिक सचेतना केन्द्रले ध्यानकर्षण भएको जनाएको छ । जिल्लामा विभिन्न समयमा सरकारी निकायको ध्यानाकर्षण गर्दै आएको इन्सेकले जिल्लामा कोरोना संक्रमितको अवस्था, नागरिक संस्थाको आन्तरिक शुसासन र स्थानीय तहहरुको न्युनतम मापदण्ड, जिल्लामा कोरोना संक्रमणले पारेको प्रभावको र त्यसको असरका बारेमा आज अन्तरक्रिया कार्यक्रम गरेको हो ।

नागरिक समाजले यी गतिविधिलाईफ न्युनिकरण गराउन जिल्लास्थि सरकारी संघ संस्थाहरुको ध्यानकार्ण गराउने निर्णय गरेका छन् । शुक्रबार सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरि हुडारे नेपाल दोलखाको सहजिकरणमा सो कार्यक्रम गरेको हो ।

त्यस्तै सो कार्यक्रममा रामेछाप जिल्लाका विभिन्न गाउँपालिकाहरुमा कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री अभाव भएको देखिएकाले उपचारमा लाग्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउन पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

कार्यक्रममा जिल्लामा कोरोना संक्रमण भएर निकोभएकी एक महिला आफू संक्रमित् हुदाको अनुभव पनि आदान पर्दान गरेकी छन् । उनले कोरोनालाई आफूलाई सबैले दिएको हौसलाले गर्दा पराजित गरेको बताउदै यो भाइरस आफूलाई सामान्य लागेको बताइन् । उनले कोरोनालाई नेपाल सरकारले बढी अफवाको रुपमा फैलाएको पनि बताइन् । उनले संचारमाध्यममा आएका देशभरिका समाचारले एक कोरोना नभएको जिल्लाका बासिन्दालाई थप त्रासित बनाउने गरेको बताइन् ।

त्यस्तै नागरिक समाज रामेछापका अध्यक्ष पाण्डप प्रसाईले कोरोना संग सबै एक भएर सामाजिक तथा भौतिक दूरी पालना गरि आफूले आफूसंगै समाजलाई सुरक्षित राख्नु पर्ने बताए ।

त्यस्तै इन्सेक रामेछापका प्रतिनीधि नबराज पथिकले जिल्लाको हालसम्माको कोरोनाले पारेको प्रभाव र जिल्लाको अवस्थाको बारेमा जानकारी गराएका थिए । हालसम्ममा आतिहाल्नु पर्ने अवस्था नरहेको भन्दै थप सचेत हुनु पर्नेमा जोड्दिए ।

फेसबुक प्रतिक्रियाहरु