शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ट्याक्टर दुर्घटना एककाे मृत्य : एक घाइते
दुर्घटना/अपराध

ट्याक्टर दुर्घटना एककाे मृत्य : एक घाइते

असोज १७, रमन वन

खोटाङ । खोटाङमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । सदरमुकाम दिक्तेल बजारबाट जस्तापाता लिएर टेम्मा जाँदै गरेको स १ त ६६८० नम्बरको ट्रयाक्टर शुक्रबार राती साँढे आठ बजे दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका –५ लफ्याङस्थित साप्सु कालिका हाइड्रोपावर नजिकै घुम्ति मोडमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा परी दिप्रुङचुइचुम्मा गाउपालिका ७ टेम्मा घर भएका अन्दाजी २५ वर्षिय प्रकाश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले हलेसी एफएमलाई जानकारी दिनुभयोे।
ट्रयाक्टरको ट्रलिमा चडेका तिन जना मध्ये एकको मृत्यु भएको हो ।

यस्तै अगाडि इन्जिनमा रहेका दुई जना भने शकुसल रहेको डिएसपी चिमोरियाको भनाई छ ।  दुर्घटनामा परि गम्भीर घाइते हुनेमा टेम्माकै हरी मुग्राति रहेको प्रहरीले जनाएको छ । घाइते मुग्रातिको जिल्ला अस्पतालमै उपचार भैरहेको छ ।
साथै मृतक राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
सडक खाल्डाखूल्डी हुनुका साथै सामाग्री ओभरलोड हुँदा ट्रयाक्टर दुर्घटना भएको प्रहरीको अनुमान छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु