मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • रामेछापमा निर्माणाधिन विद्यालयको पुननिर्माणको काम अन्तिम चरणमा पुग्यो : आयोजना कार्यान्वयन इकाई रामेछाप [फोटोफिचर]
रामेछाप बिशेष

रामेछापमा निर्माणाधिन विद्यालयको पुननिर्माणको काम अन्तिम चरणमा पुग्यो : आयोजना कार्यान्वयन इकाई रामेछाप [फोटोफिचर]

असोज १७,

रामेछाप । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापले विद्यालय पुननिर्माणको कामलाई तिवृ पारेको छ । २०७२ सालको विनाशकारी महाभुकम्पले क्षति पुर्याएका विद्यालय निर्माणको काम ५ वर्ष बित्तदा समते निर्माणको काम नसकिएको भन्दै चालु आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्ने गरी कामलाई तिवृ पारिएको कार्यान्वयन इकाई रामेछापका प्रमुख निर्मल घिमिरेले जानकारी दिए ।

जिल्लामा महाभुकम्पले ३३ सय ४४ विद्यालय कक्षाकोठामा क्षति पुर्याएको थियो । जिल्लाको कूल सामुदायिक विद्याल तत्कालिन समयमा ४ सय १९ (हाल ३८९)  रहेका छन् । जिल्लामा हालसम्ममा विद्यालय पुननिर्माणको नतिजा सकारात्मक रहेको बताउदै दशैतिहारपछि आगामी चैत्रसम्ममा निर्माणको काम लगवग् अन्तिम चरणमा पुग्ने घिमिरेले जानकारी दिए । उनका अनुसार जिल्लाको आठवटै स्थानीय तहमा विद्यालय निर्माणको काम अहिले धमाधम भैरहेको छ । नेपाल सरकार, दातृ निकाय र निजी क्षत्रले निर्माणको काम गरिरहेका छन् । जसमा नेपाल सरकारको आर्थिक लगानिमा संचालित आयोजना कार्यन्वयन इकाईले ८५ प्रतिशत काम सम्पन्न गरेको छ ।

पुनःनिर्माणको काम बन्दाबन्दीमा केही समस्या भएको, भएपनि सामानहरु उपलब्ध भएका विद्यालयमा उल्लेख्या रुपमा काम अघि बढाउन सहयोग पुगेको आयोजनाका सव-ईन्जिनियर नविन कार्कीले बताए । उनका अनुसार विद्यालयहरु बन्द भएकाले काम गर्न आफूहरुलाई सहज् भएको बताए । कोरोना भाइरस संक्रमणले हरेका क्षेत्रमा असर पारेको भए पनि विद्यालयको भवन निर्माणको लागि भने सजिलो भयो-विद्यार्थीहरु नआउने भएकाले काम गर्न सहज भयो । त्यो बिचमा हामीले कामलाई थप प्रभावकारी  र छिटोछरीतो तरिकाले अघि बढाएयौं कार्कीले भने ।

सुरुवाती चरणमा काम गर्न प्राविधिक कुराहरुले केही असर परेको हो । आहिले त्यस्तो केही छैन् । निर्माणको काम भैरहेको छ । अब हामी अन्तिम-अन्तिम चरणमा पनि छौं । सरकारले थप गरेको समय सिमा अवदी नै हाम्रो काम सकिन्छ प्रमुख घिमिरेले भने । नेपाल सरकारले कोरोना भाइरस संक्रमणले निजी आवस पुनःनिर्माणको काम प्रभावित् भएको भन्दै एक वर्षको लागि समय सिमा थपेको छ ।

फोटो हेर्नुहोस्

फोटो मिलन घिमिरे/ जुनेली न्युज्

फेसबुक प्रतिक्रियाहरु