बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मन्थलीबाट एक जना कोरोना संक्रमित पुरुषलाई पानट अस्पताल रेफर गरियो : जिल्लामा संक्रमितको संख्या १६३
रामेछाप बिशेष

मन्थलीबाट एक जना कोरोना संक्रमित पुरुषलाई पानट अस्पताल रेफर गरियो : जिल्लामा संक्रमितको संख्या १६३

असोज १७,
रामेछाप । रामेछापबाट एक जना कोरोनाका संक्रमित पुरुषलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको हो । शनिबार मन्थली नगरपालिकाको प्राथामिक उपचार केन्द्रमा उपचार गराइरहेका पुरुषलाई थप उपचारका लागि पाटन अस्पतालमा पठाइएको जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

होम आइसोलेसनमा बसेका २ जना मध्ये एक जना डिस्चार्ज भएको र एक जान पाटन अस्पताल पठाएको जिल्ला अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शनिबारसम्ममा जिल्लामा पीसिआर विधिद्वरा गरिएको परीक्षणमा जिल्लाका ७४ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला बाहिर रहेका रामेछापेलीमा हालसम्ममा ८९ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै जिल्लामा कूल संक्रमितको संख्या १६३ जना पुगेको छ । आजसम्ममा आरडिटि परीक्षण गर्नेको संख्या भने ८९२ जना छन् । जसमा महिला १८५ र पुरुष ७०७ जना रहेका छन् ।

त्यस्तै १४ सय २६ जनाको स्वाब संकलन गरेकोमा ४१ जनाको रिपोर्ट आउने बाँकि रहेको छ । शनिबारसम्ममा क्वारेन्टि वेडको संख्या ४९० रहेको छ । त्यस्तै क्वारेन्टिमा ११ महिलासहित र ३२ पुरुषगरि जम्मा ४३ जना रहेका छन् ।

आइसोलेसन वेड संख्या १० रहेको छ । आइसोलेसनमा बसेको बिरामीको संख्या १७ जना रहेको छ । आज १ महिलासहित ८ जना कोरोना संक्रमितहरुको गोकुलगंगा गाउँपालिकाको अस्पतालमा र २ जना पुरुषसहित उमाकुण्ड गाउँपालिकामा ४ जनाको अइसोलेसनमा उपचार भइरहेको छ ।

त्यस्तै रामेछाप नगरपालिकाको कारागार १ र अर्को १ गरि २ जना रामेछाप नगरपालिकाको आइसोलेसनमा रहेका छन् । लिखु तामाकोशी गाउँपालिकामा १ जना पुरुष र १ महिला होम आइसोलेसनमा रहेका छन् ।

No description available.

 

 

फेसबुक प्रतिक्रियाहरु