बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • थप २१२० जनामा कोरोना पुष्टि : २०४४ जना संक्रमणमुक्त
समाचार

थप २१२० जनामा कोरोना पुष्टि : २०४४ जना संक्रमणमुक्त

असोज १७,

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज थप २ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमणबाट दैनिक आठ जनाको मृत्यु भएको छ । शनिबारसम्ममा ५ सय २८ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा २०४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु