शनिबार, साउन १२, २०८१
  • होमपेज
  • नेकपाको सचिवालय बैठक आज ४ बजे बस्ने
समाचार

नेकपाको सचिवालय बैठक आज ४ बजे बस्ने

असोज १७,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) दिउँसो अपरानह् ४ बजे बस्ने भएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति हो ।

 

सरकारले गत बिहिबार युवराज खतिवडालाई राजदूतमा सिफारिस गर्ने र शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने लगायतका निर्णय पार्टीमा छलफल नगरेर गरेको भन्दै दाहाल लगायत सचिवालयका नेताहरू असन्तुष्ट बनेका छन्। आजको सचिवालय बैठकमा सो विषय र मन्त्रिपरिषद् पुर्नगठनका सम्बन्धमा छलफल हुने बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु