आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विपद्जन्य घटनामा वैशाखयता साढे ४ सयको मृत्यु : ७३जना घाइते
दुर्घटना/अपराध

विपद्जन्य घटनामा वैशाखयता साढे ४ सयको मृत्यु : ७३जना घाइते

कात्तिक ३,
काठमाण्डाै । गएकाे वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर देशभर चार सय ४४ को मृत्यु भएको छ । यस अवधिमा एक सय एक बेपत्ता भएका छन् भने सात सय ३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठूलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर १ हजार ७ सय ५५ चौपाया मरेको र झण्डै ८२ करोड रुपैयाँ क्षति भएको जानकारी दिएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै दुई सय ९५ को मृत्यु, ६४ बेपत्ता र दुई सय २३ घाइते भएका छन् । पहिरोले चार सय ३५ जना पशुचौपाया क्षति भएको छ । पहिरोबाट अनुमानित पाँच करोड ९ लाख रुपैयाँको क्षति भएको छ । त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ ।

चट्याङ्बाट ६५ को मृत्यु, दुई सय १३ घाइते र छ सय ९६ चौपाया क्षति भएको छ । चट्याङले ५९ लाख रुपैयाँ भौतिक क्षति भएको विवरणमा उल्लेख छ । यसैगरी बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ जना घाइते भएका छन् । बाढीमा परेर २७२ पशु चौपाया मरेको र झण्डै पाँच करोड रुपैयाँको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ ।

आगलागीमा परेर १० को मृत्यु एक सय ४४ घाइते र ६० करोडभन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको छ । सर्पदंसबाट २१ को मृत्यु, ३६ घाइते र जनावरको आक्रमणबाट ११ को मृत्यु एक सय १२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु