शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ढुङ्गा प्रहारगरि घाइते बनाएका युबाकाे मृत्यु
दुर्घटना/अपराध

ढुङ्गा प्रहारगरि घाइते बनाएका युबाकाे मृत्यु

कात्तिक १,बिमल प्रसाद पाेख्रेल,

प्युठान । प्युठानमा ढुङ्गाले हानेर घाईते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीका ३५ वर्षिय बिरबहादुर परियारलाई सोही ठाउँका ६० वर्षिय चोचे कामीले शुक्रवार साँझ ५ बजे बाटोमा हिड्ने क्रममा ढुङ्गाले हानेर घाईते बताएका थिए । घाईते भएका परियारलाई प्राथमिक उपचार केन्द्र भिग्रीमा उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा रिफर गरिएको थियो ।

परिवारको उपचारको क्रममा आज बिहान ४: ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए।

ढुङ्गाले हान्ने कामीलाई ईलाका प्रहरी कार्यालय भिग्रीको नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु