बिहिबार, चैत्र १५, २०८०
Uncategorized

युवाले ल्याय परिवर्तन..

कार्तिक १

रामेछाप जिल्लको उत्तर पुर्वि क्षेत्रमा पर्ने उमाकुण्ड गाउपालिका वडा न।२ मा सोतर्मु का केही युवाहरू सामाजिक सुधारमा लागेका छन्  ।

दसैको मुखमागाउँ गाउँमा आयो भन्ने सिंहदरबार को आभाष सरकारले दिलाउन नसके पनि यहाका युवाहररूको सक्रियता मा गाउपालिका र वडा कार्यलय हरूको थोरै भएपनी आखा खुलाउने हेतुले सामाजिक कार्यमा लागेका हुन ।

यतिखेर उमाकुण्ड गाउपालिका को वडा नं २ मा मात्र नभई सडक स्तरउन्तिमा खासै प्रगति नदेखिदा आम जनसमुदायहरू आक्रोसित भएका हुन ।

यहि समयको मध्यमार्गि सडक सुख्खा मौसममा पनि हिलोमय भएर आम जनताले दुर्घटना को सिकार हुने अवस्था सिर्जना भए पछी स्थाननिय युवाहरूको पहलमा सोतर्मु बजार आसपासमा नालि खन्ने काम सम्पन्न भएको छ ।

स्थानिय स्तरमा नै बसेर समाज परिवर्तन गर्नुपर्छ भन्ने युवा तथा उर्जाशिल ब्यक्ति साम्तेन साईमन लामा को नेतृत्वमा करिब ८र१० जना युवाहरूले आज उक्त कार्य सफल भएको हुन ,

लामा भन्नुहुन्छ खालि समयको सदुपयोग गर्दै हल्लेर जाने समयमा हरेक युवाहरू एक जुट भयर अगाडि बढ्यो भने हाम्रो समाज वदलिए संगै भोेलि देशले समृद्धिको सिखर चाढै चुम्ने छ, त्यसैले हरेक युवाहरू समाज परिवर्तन को लागि एकजुट हुनु जरूरि देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु