शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा, राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले टिका नलगाईदिने
समाचार

आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा, राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले टिका नलगाईदिने

कात्तिक ०२

काठमाडौं । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ।  ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ​ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ। ब्रह्मचारिणीमाता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।

हिजो नवरात्रको पहिलो दिन आज घटस्थापना नेपालीहरुको घर-घरमा बडादसैंको जमरा राखिएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घर-घरमा जमरा राख्ने गरिन्छ । घटस्थापनाकै दिन काठमाडौंको वसन्तपुरमा रहेको दसैंघरमा पनि जमरा राखिएको छ । हिजो विधिपूर्वक घरघरमा आह्वान गरी पूजाराधना गरिने देवीलाई कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।

कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०: ११ बजे रहेको समितिले जनाएको छ। टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०:१९ बजेको साइत उत्तम छ।

यसैविच यसपालि कोरोना भाइरसको महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजाले आज औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरिरहेको शीतलनिवासले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु