शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • उमाकुण्ड गाउँपालिका प्रवेश गर्न ७२ घण्टे कोरोना परीक्षण रिपोर्ट अनिवार्य : जिल्लामा कूल २८२ जना संक्रमित
रामेछाप बिशेष

उमाकुण्ड गाउँपालिका प्रवेश गर्न ७२ घण्टे कोरोना परीक्षण रिपोर्ट अनिवार्य : जिल्लामा कूल २८२ जना संक्रमित

कात्तिक ०२

रामेछाप । उमाकुण्ड गाउँपालिकामा घर भई वडादशैमा घर आउनेहरुलाई पालिकाले एक शर्त अघि सारेको छ । पालिका घरभई, दशै मनाउनको लागि घर आउनेहरुको लागि कोरोना भाइरस संक्रमण परीक्षण गरीएको ७२ घण्टे नेगेटिभ रिपोर्ट हुनु पर्ने बताएको छ ।

गाउँपालिकाको एक बैठकले यस्तो निर्णय गरेको पालिका उप-प्रमुख उर्मिला कार्कीले जुनेली न्युजलाई जानकारी दिइन् । उनले भनिन्- हामीले पालिकामा बैठक बसी सोही बैठकले पालिका काठमाडौं लागाएतका ठाउँबाट दशैमनाउन गाउँ आउनेहरुलाई अनिवार्य ७२ घण्टे कोरोना परीक्षणको रिपोर्ट चाहिने निर्णय गरिएको छ । स्वास्थ्य सुरक्षाका सबै उपाए अपनाउनु पर्ने छ ।

पालिकामा हालसम्ममा भारतबाट आएकाहरु २ जनामा कोरोना पुष्टि भएको छ । त्यहाँ अस्थायी कोरोना अस्पताल पनि सूचारु भैसकेको छ ।

आइतबार रामेछापकै दोरम्बा गाउँपालिकाका एक जनामा संक्रमणदेखिएसंगै जिल्लामा, जिल्ला अस्पतालबाट परीक्षणका लागि पठाएको स्वाब पोजेटिभ हुनेको संख्या १ सय ४२ पुगेको छ । जिल्ला बाहिर परीक्षण गरी पोजेटिभ हुनेको संख्या ४१ जना महिला र १०० जना पुरुषसहित १ सय ४१ जना पुगेको छ । योसहित जिल्लामा संक्रमितको संख्या २ सय ८२ जना पुगेको छ ।

No description available.

 

 

फेसबुक प्रतिक्रियाहरु