आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • रोकिएन उमाकुण्डमा निर्माणाधिन हाइड्रोपावरको दादागरी : कोरोना संक्रमित ४७ जना कामदारलाई लुकायो, आन्दोलन गर्ने उपप्रमुख कार्कीको चेतावनी
रामेछाप बिशेष

रोकिएन उमाकुण्डमा निर्माणाधिन हाइड्रोपावरको दादागरी : कोरोना संक्रमित ४७ जना कामदारलाई लुकायो, आन्दोलन गर्ने उपप्रमुख कार्कीको चेतावनी

असोज २७,

रामेछापको उमाकुंण्ड गाउँपालिका र सोलुखुम्बु जिल्लाको सिमाना भएर बग्ने लिखु नदिमा निर्माणाधिन लिखु जलविधुत आयोजनामा काम गर्ने कामदारलाई कोरोना संक्रमण पुष्टि भएको प्रती गाउँपालिकाले आप्पती जनाएको छ । जुनेली न्युजसंग कुराकानी गर्दै पालिका उप-प्रमुखले घोर आपत्ती जनाइन् ।

केही संचारमाध्यममा जलविधुत आयोजनामा काम गर्ने ४७ जना कामदारलाई एकै पटक कोरोना संक्रमण पुष्टि भएको भनि खबरहरु प्रकाशन भएको थियो । सोही विषयलाई लिएर हालसम्ममा कोरोना रोकथाममा अबलदेखिएको पालिकामा जल विधुत निर्माण गर्ने दुगर्ड हाइड्रो पावर कम्पनीको चलम लापर्बाहीले गर्दा संक्रमण तिवृ फैलिने संकेतदेखिएको भन्दै गाउँपालिकाले हाइड्रोपावर कम्पनीको हेपाईप्रती आपत्ती जनाएको छ । सो हाइड्रोपार कम्पनीमा हाल १५० जना भन्दाबढी स्थानीहरु काम गरिरहेको र दशैतिहारमा उनीहरु घर जनाभएकाले संक्रमण उनीहरु हुदै परिवारका सदस्य र पूरै गाउँमा फैलिन सक्ने आशंकाका साथ पालिकाले डाइड्रोपावर कम्पनीले गरेको नकरात्मक गतिविधि विरुद्ध आन्दोलनको चेतावनी दिएको छ ।

गाउँपालिकाले हाइड्रोपावरमा काम गर्ने कामदाहरुको तत्काल पीसिआर परीक्षण गर्नु पर्ने, लुकिच्छिपी बाहरी जिल्लाबाट कामदार ल्याउने गतिविधि तत्काल रोक्नु पर्ने, विगतका दिनमा गाउँपालिकासंग गरेका निर्णय/सम्झौत कार्यान्वयन गर्नु पर्ने, कामदारहरुलाई कोरोना भएको भए निर्माणको काम तत्काल बन्द गर्नु पर्ने, स्वास्थ्य सुरक्षाका माप्दण्ड पालना गर्नु पर्ने काम्पनीसंग माग गरेको छ ।

उर्मिका कार्की, उप-प्रमुख उमाकुण्ड गाउँपालिका
उर्मिका कार्की, उप-प्रमुख उमाकुण्ड गाउँपालिका

गाउँपालिकाकी उप-प्रमुख उर्मिला कार्कीले जुनेली न्युजसंग भनिन्- हाइड्रका ४७ जना कामदारलाई कोरोना पुष्टि भएको प्रति मेरो ब्यक्तिगत र पालिकाको तर्फबाट म घोर आपत्ती नजाउदछु, कम्पनीले हामीसंग खेल्वडा गर्यो, विगतका सहमती पनि कार्यन्वन भएका छैनन् । अहिले त झन मान्छे बाहिरबाट लुकाई-लुकाई ल्याउने गरेको पाईयो, त्यसैले ४७ जनालाई संक्रमण देखिएको हो । त्यसले गर्दा गाउँपालिकाका स्थानीयहरुमा नै संक्रमण फैलिने धेरै सम्भावनादेखि यो, त्यो तत्काल बन्द भएन भने, हामी गाउँपालिकाका स्थानीसहित आन्दोलन गर्नेछौं । कम्पनीका कारणले पालिकामा संक्रमण फैलियो भने त्यसको जिम्मेवारी कम्पनीले ब्यहोर्नु पर्ने छ । हामी त्यसको लागि कम्पनी सचेतसहोस् भन्ने जानकारी गराउदछौं । साथै उनले त्यसको लागि जिम्मेवार जिल्ला प्रशासन कार्यालय रामेछाप पनि हुनु पर्ने बताइन् । उनले हामीले पालिकामा पनि खबर गरेका छौं तर कम्पनीले कामदार ल्याउनको लागि प्रशासनले कडाई नगरेका कारणले थप समस्या निम्त्याएको छ । भनिन । एक जान आमनागरिक जिल्ला बाहिर जानलाई नदिन प्रशासनले बाहिरी जिल्लाबाट भने बिना कोरोना परीक्षणको प्रमाण बिना कामदार भन्दै कम्पनीका नाममा मान्छेभित्रउनाले समस्या जटिल बनेको उनको भनाइ छ ।

संक्रमणले भएबहाक स्थित बन्नसक्ने तर्फ ध्यानाकर्षण भएको जनाउदै पालिकाले समयमै सम्बन्धित पक्षहरु सचेत बन्नलाई आग्रह उनले गरिन् ।

कोरोना भाइरस संक्रमण पछिल्लको समय जिल्लामा स्थानीय स्तरमैदेखिन थालेकाले पनि थप जटिल्ता देखिएको छ । यो समाचार तयार गर्दासम्ममा जिल्लामा २१७ जनामा कोरोना देखिएको छ । जसमा उमाकुण्डमा भारतबाट आएका २ जनामा संक्रमण  देखिएको छ ।

यसैबिच हाइड्रोसंग सम्बन्धित ब्यक्ति राजन बस्नेतले फोन उठाएनन् ।उमाकुण्ड

फेसबुक प्रतिक्रियाहरु