सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • उमाकुण्डमा लामो समय बन्द रहेको इलाका प्रशासनबाट सेवा सुचारु : स्थानीय हर्षीत
रामेछाप बिशेष

उमाकुण्डमा लामो समय बन्द रहेको इलाका प्रशासनबाट सेवा सुचारु : स्थानीय हर्षीत

असोज २७,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा ईलाका प्रशासन कार्यलयबाट सेवा प्रबाह सुरु भएको छ । मंगलबारदेखि सेवा प्रारम्भ भएको  गाउँपालिकाले जनाएको छ । लामो समयदेखि बन्द अवस्थमा रहेको ईलाका प्रशासन कार्यलयबाट मंगलबारदेखि नेपाली नागरिकताको प्रमाणपत्र बितरणको काम शुरु भएको हो ।

विगतमा कर्मचारी अभवदेखि विभिन्न प्रविधिक कारण सेवा स्थगित भएको थियो । गाउँपालिकाको पहलमा सेवा सुरु भएसंगै नगरिकता बनाउ जिल्ला प्रशासन कार्यालय मन्थली, रामेछाप धाउनु पर्ने बाध्यता हटेको छ ।

सरकारले विगत केही बर्षअघि पालिकाको लाप्चानेमा इकाला प्रशासन कार्यालय स्थापना गरेको थियो । स्थानीय सरकार सञ्चालनमा आएसँगै केही समय सेवा सुचारु भएको जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालयले कर्मचारी नपठाउदा सेवा बन्द भएको थियो ।

इलाका प्रशासन कार्यालयमा एक जना अधिकृत, दुई जना नायक सुब्बा, एक जना सहायक कम्प्युटर प्राविधिक र दुई जना कार्यालय सहयोगीको दरबन्दीमा सरकारले कर्मचारी  पठाएसंगै सेवा सुचारु भएको हो ।

ईलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, नाता प्रमाणित लगायतका सेवा प्रदान गर्ने पालिकाकी उप-प्रमुख उर्मिला कार्कीले जानकारी दिइन् ।

सेवा सुचारु भएसंगै जिल्लाका उत्तरपूर्वका तत्कालिन प्रीति, भूजी, गुप्तेश्वर, चुचुरे, गुम्देल, कुभुकास्थली, ठोसे र बाम्तीका नागरिकहरुले सेवा लिन पाउने भएका छन् । पुनः कार्यालय सञ्चालनमा आउने भएपछि यस क्षेत्रका बासिन्दाहरुमा भने खुसीयाली छाएको छ ।

#नागरिकता 

फेसबुक प्रतिक्रियाहरु