मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • उमाकुण्डमा अस्थायी कोरोना अस्पताल संचालनमा : उपलब्ध सेवा निश्वर्थ प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको प्रतिबद्धता [फोटो]
रामेछाप बिशेष

उमाकुण्डमा अस्थायी कोरोना अस्पताल संचालनमा : उपलब्ध सेवा निश्वर्थ प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको प्रतिबद्धता [फोटो]

असोज १९,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्रमा अस्थायी कोरोना (कोभिड-१९) अस्पताल सोमबारदेखि संचालनमा आएको छ । नेपाल सरकारको प्रत्येक गाउँपालिकामा अस्थायी कोरोना अस्पताल संचालनमा ल्याउने कार्ययोजना अन्तर्गत अस्पताल संचालनमा आएको गाउँपालिकाका प्रमुख प्रशासको अधिकृत ईश्वरी प्रसाद सुवेदीले जनाकारी दिए । उनका अनुसार केन्द्र सरकारबाट दुई जना स्वास्थ्यकर्मीसहितको अस्पताल सुरुभएको हो । गाउँपालिकाभित्र ५ शैयाको कोभिड–१९ अस्पताल सञ्चालनमा आएको हो ।

अस्पताल उद्घाटन गर्दै गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारले गाउँपालिकाको केन्द्र रहेको स्थान गाउँपालिकाको केन्द्र ४ प्रितिमा कोभिड १९ अस्थाई अस्पताल संचालनमा ल्याउनु कोरोना रोकथामलाई प्राथमिकता दिएको बताए । उनले हामी सबै मिलेर कोरोना संक्रमणलाई जित्नु पर्ने धाराना राखेका छन् । साथै यस्तो दुर्गम ठाउँमा पनि सेवा गर्न तैयार भई सेवाको निम्ती हाजिर हुने डाक्टर लगाएतको स्वास्थ्य कर्मिहरु प्रति पनि व्यक्त गरे ।

त्यस्तै उप-प्रमुक उर्मिला कार्कीबस्नेतले कोरोना रोकथामलाई पालिकाले प्राथमिकता दिएको बताउदै हामी सबै मिलेर कोरोनालाई परास्त गर्नु पर्ने बताइन् । उनले उद्घाटन भएको अस्पतालले निस्वास्थ रुपमा संक्रमितको सेवा गर्नु पर्ने बताइन् ।

त्यस्तै संचालनमा आएको अस्प्तालका डा. पेमा देचेन गुरुङले गाउँपालिकाका नागरिकहरुको सेवा गर्न आफू आएको बताउदै सकेको सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।  डाक्टर सहित स्र्टाफ नर्स कन्चन सुनुवार, विनिता थापा सहितको टोलीले आजबाट अस्पतालमा सेवा प्रवाह सुरु गरेसँगै गाउँपालिकावासीमा खुसीयाली छाएको छ । आज पहिलो दिन ३६ जनाको स्वाब संकलन गरिएको छ ।

फोटोहेर्नुहोस्

 

फेसबुक प्रतिक्रियाहरु