शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापका युवाहरुलाई उत्पादसँग जोडेर लैजान्छु- इन्चार्ज गुरुङ
रामेछाप बिशेष

रामेछापका युवाहरुलाई उत्पादसँग जोडेर लैजान्छु- इन्चार्ज गुरुङ

असोज १९

काठमाडौं । राष्ट्रिय युवा संघ रामेछापका इन्चार्ज जय गुरुङले जिल्लाका युवाहरुलाई उत्पादसँग जोडेर लैजाने बताएका छन् । उनले पार्टीको नीति अनुरुप युवाहरुलाई उत्पादनसँग जोडेर लैजाने बताएका हुन् । स्थानीय सरकारसँग समन्वय गरेर कृषि, पशुपालन लगायतको क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम अगाडि बढाउने बताउदै इन्चार्ज गुरुङले भने अब नीति तथा कार्यक्रमलाई व्यवहारिक रुपमा कार्यान्वय गरेर जाने बेला आएको छ ।’

उनले सकेसम्म विदेशमा रहेको युवा जनशक्तिलाई जिल्ला फर्काउने गरी रोजगारीको अवसर सृजना गरिनु पर्ने बताउदै जिल्लाभित्र भएका युवा जनशक्तिलाई विदेश जान नपर्ने अवस्था बनाउनु पर्नेमा जोड दिए । जिल्लाभित्र संगठनलाई छिट्टै पूर्णता दिएर काम अगाडि बढाउने बताउदै राजनीतिसँग युवाहरु उत्पादनसँग जोडिनु अनिवार्य भएको बताए ।  केहीदिन अघिमात्रै उनलाई पार्टीले संघको इन्चार्जको जिम्मेवारी दिएको थियो। ।

 

फेसबुक प्रतिक्रियाहरु