शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु, काठमाडौंमा ११७८ सहित २४४० जनामा कोरोना संक्रमण
समाचार

पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु, काठमाडौंमा ११७८ सहित २४४० जनामा कोरोना संक्रमण

असोज १९

काठमाडौं । पछिल्लो २४ घण्टामा २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८९ हजार २६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १३ हजार ७८१ जनाको पिसिआर परिक्षण गर्दा २४४० जनालाई कोरोना संक्रमण देखिएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ११३३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको जम्मा संख्या ६५ हजार २०२ पुगेको छ ।

देशभर २३ हजार ५७ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३१ जनामा कोरोना संक्र्रमण पुष्टि भएको छ ।

जसमध्य काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित थपिए । एकैदिन थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकैदिनमा १९ जना कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिले सम्मको उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु