शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • थप ३,१६७ जनामा कोरोना पुष्टि, १,८०० डिस्चार्ज
समाचार

थप ३,१६७ जनामा कोरोना पुष्टि, १,८०० डिस्चार्ज

 

कात्तिक १,

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप तीन हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ हजार ४३८ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको उहाँले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्रै एक हजार ७४६ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा एक हजार ४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट एक हजार ८०० जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । योसँगै कोरोना निको भएर हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको मन्त्रालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु