शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • यात्रुवाहक बस र मलबाहाक सवारीबिच ठक्कर, १० जनाको मृत्यु
दुर्घटना/अपराध

यात्रुवाहक बस र मलबाहाक सवारीबिच ठक्कर, १० जनाको मृत्यु

असोज १६,

काठमाडौं । अफगानिस्तानको हेरात कान्दाहार राजमार्गमा बिहीबार भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको छ। बिहीबार अफगानिस्तानको हेरात प्रान्तका गभर्नरका प्रवक्ताले सो कुराको जानकारी दिएका हुन्।

उक्त राजमार्गमा बिहीबार भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको उनले बताएका छन्। प्रवक्ता जिलानी फराहादले बिहीबार बिहान हेरात प्रान्तको पश्चिमी सडकमा सो दुर्घटना भएको जानकारी दिए। उनले सो प्रान्तको दादर्सन जिल्लाको तपाखाई भन्ने स्थानमा सो दुर्घटना भएको बताए।

उक्त सडकमा गुडिरहेको बस र विपरीत दिशाबाट आएको अर्को सवारी साधन ठोक्किँदा त्यसमा रहेका यात्रुहरुको ज्यान गएको बताइएको छ। सो यात्रामा रहेका पाँच पुरुष, तीन महिला र दुई बालबालिकाको ज्यान गएको बसमा रहेका केही यात्रु घाइते भएका पनि समाचारमा जनाइएको छ।file photo

फेसबुक प्रतिक्रियाहरु