शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • डा . निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूत सिफारिस
समाचार

डा . निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूत सिफारिस

सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको छ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ का विश्वकर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

विश्वकर्माले काठमाडौं विश्वविद्यालय र स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट (स‌ंयूक्त) फुड मुभमेन्टमा पिएचडी गरेका छन्।

प्रधानमन्त्री ओलीनिकट विश्वकर्मा तत्कालीन नेकपा एमालेको विदेश विभागमा १० वर्ष सदस्य थिए। पार्टी एकतापछि विभागले पूर्णता नपाएकाले आफू पार्टीको जिम्मेवारीमा नरहेको विश्वकर्माले बताए।

२०४२-०४३ सालतिर विद्यार्थी राजनीति सुरू गरेका उनी २०५१ सालमा पोखरास्थित केन्द्रीय वन क्याम्पसमा स्ववियु सचिव बनेका थिए। उनी राजदूत नियुक्त दलित समुदायबाट राजदूत बन्ने तेस्रो व्यक्ति हुनेछन्।

 

फेसबुक प्रतिक्रियाहरु